न्यु जनजागृति युवा क्लब निजगढको अध्यक्षमा तिमल्सिना चयन
वि.सं.२०८० कात्तिक १८ शनिवार २१:०३

बारा–बाराको निजगढ–५ स्थित न्यु जनजागृति युवा क्लबको अध्यक्षमा बिजय तिमल्सिना चयन भएका छन् ।
क्लबको ७ औं अधिवेशन तिमल्सिनाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा गठन गरेको छ ।
नब गठित कार्यसमितिको उपाध्यक्षमा सन्तोष अर्याल, सचिवमा लिलाहरी चौलागाई, कोषाध्यक्षमा चन्द्रकुमारी पराजुली, उपसचिव रोहन तिमल्सिना चयन भएका छन् ।

त्यसैगरि सदस्यमा दुर्गा चौलागाई, कल्पना सुवार, ईश्वर सापकोटा, तुलसीराज कण्डेल, विवस बन्जरा, ध्रव विक, साजनराज गौतम, पुजन जिम्बा चयन भएका छन् ।
अधिवेशनमा निर्वाचन मण्डलको संयोजकमा थानेश्वर सापकोटा अविरल, सदस्यमा मनोज कुमार सापकोटा, पुरुषोत्तम भट्टराई, यज्ञप्रसाद गौतम र रविन थापा मगर थिए ।
यसैविच क्लबका अध्यक्ष साजन ढुंगानाले नव निर्वाचित अध्यक्ष तिमल्सिनालाई क्लबको माईन्यूट हस्तान्तरण गरेका छन् ।
*यसअघि अन्यथा भएकोमा सच्याईएकाे छ ।
-सम्पादक
वि.सं.२०८० कात्तिक १८ शनिवार २१:०३
















