युथ अफ निजगढको अध्यक्षमा कमल बजगाई निर्वाचित
वि.सं.२०८० पुस २८ शनिवार १९:५१
3.22K
shares

बारा–युथ अफ निजगढ अध्यक्षमा कमल बजगाई निर्वाचित भएका छन् ।
निजगढ–४ स्थित शहिद हिरालाल पार्कमा भएको क्लबको १० औं साधारणसभाले बजगाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
क्लबको उपाध्यक्षमा कमल पराजुली, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सचिवमा मनिता पाण्डे लक्ष्मी, सहसचिवमा रवि सापकोटालाई सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यसैगरि सदस्यमा प्रलाद तिमल्सिना, मुक्ति सुवार लगायत सर्वसम्मत निर्वाचित भएका छन् ।
क्लबका अध्यक्ष उषा लामा मोक्तानको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष जीतलाल श्रेष्ठ, राजन श्रेष्ठ, सल्लाहकार भाईकाजी श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो ।
वि.सं.२०८० पुस २८ शनिवार १९:५१
















