skip this yams_Max_Hospital.jpeg

समाचार टिप्पणी : नगर सभा साईड ईफेन्ट – मेयर र हाकिम विरुद्ध चारित्रिक हमला ! साईबर क्राईम कानून आकर्षित

साईबर क्राईम कानून आकर्षित

2.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाको विषयले समाज नै ध्रविकृत बनेको बेलामा असन्तृष्ट पक्षधरले त्यस विरुद्ध विभिन्न हमला गर्दै आएको छ ।

नगर सभाको बहिस्कारको घोषणादेखि सभाहलमा तोडफोडसम्म गरेको असन्तृष्ट समुहले उच्च अदालतमा मुद्दा दायर गर्‍यो । यहि समुहको प्रेसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नै मापदण्ड मिचेर प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णयमा पुग्यो ।

तोडफोड विरुद्ध उपमहानगरपालिकाले क्षतिपूर्ती र कारबाहीको लागि जिल्ला प्रशासनमा निवेदन दिएको छ भने उच्च अदालतले स्टेअर्डर नदिएपछि भदौं दोस्रो साताको पेशीमा प्रतिरक्षा गर्ने तयारी छ ।

त्यसैगरि सरुवा विरुद्ध मेयर राजन पौडेलले तालुकदार मन्त्रालयदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मापदण्ड मिचेर भएको सरुवा बदर गर्न पत्र नै पठाएका छन् ।
सरुवा विरुद्ध प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले सर्वोच्च अदालतमा रिट हालिन् । जसको सुनुवाई गर्दै स्टेअर्डर दिएपछि उनी काममा फर्किएकी छिन् । यसको २० साउनमा पेशी तोकिएको छ ।

एक्लै भए पनि कानून बमोजिम नगर सभा गर्ने कि सम्झौता गरेर अघि बढ्ने दुई विकल्पमा नगर सभा अध्यक्ष मेयर पौडेलले अप्ठेरो बाटो रोजेका थिए । संवैधानिक व्यवस्था अनुसार असार १० गतेसम्म बजेट ल्याउनु पर्ने बाध्यात्मक अवस्थामा सभाकी सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत काफ्लेसहितको कर्मचारीको साथ लिएर मेयर पौडेल अघि बढिरहेका छन् ।

भैतिक आक्रमणका विच मेयरले बजेट ल्याए र पारित भएको घोषणा गरे । त्यसलाई तालुकदार मन्त्रालयले स्विकृत ग¥यो । त्यसपछि असन्तृष्ट समुहले प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई तार्गेट गरेको छ । मेयर पौडेलले आफ्नो योजना अनुसार अघि बढेको अवस्थामा असन्तृष्ट समुहले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको ईसारामा मेयरले पेलेर अघि बढेको भनेर आरोपित गर्‍यो ।

ब्याक फायर

असन्तृष्ट समुहले प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई तार्गेट गरेरै उनको नाम नै उल्लेख गरेर उच्च अदालतमा रिट दिने देखि सरुवा गराउने सम्मको कार्य गर्‍यो ।

नगर सभा रोक्न भौतिक आक्रमण, अदालती दण्डा देखि शक्ति प्रदर्शनमार्फत हाकिम सरुवामा समेत उपमेयर भोलाप्रसाद अधिकारी नेतृत्वको असन्तृष्ट समुहले अपेक्षित नतिजा हात पारेन । नगर सभाको विषयमा स्टेअर्डर नपाएको र सरुवा रोकिएपछि यो समुह निराश छ ।

असन्तुष्ट समुहले एकपछि अर्को कदममा ‘व्याक फायर’ खाईरहेको छ । विगतको कदमको समिक्षामा त्यो समुह आन्तरिक छलफलमा समेत आलोचित बनेको कुरा बाहिर आएको थियो ।

आगामी दिनमा अर्को फायर खोल्ने कि सहमतिका विन्दु खोज्ने भन्ने विषयमा समेत छलफल भएको र सम्झौता गरेर अघि बढ्ने पक्षमा बलियो मत भएपनि सहमतिको विन्दुमा एकरुपमता देखिएको छैन ।

चारित्रिक हमला !

नगर सभाको विषयलाई लिएर धु्रविकृत बनेको साईड ईफेक्ट सामाजिक सञ्जालमा छताछुल्ल छ । नगर सभामा तोडफोड गर्ने समुह सर्वत्र आलोचित बनेको छ ।

सामाजिक सञ्जालदेखि चोकचौतारामा नगर सभामार्फत ल्याईएको बजेट तथा कार्यक्रमको प्रशंसा भईरहेको छ । असन्तृष्ट समुहले मेयर पौडेलले सार्वजनिक गरेको कार्यक्रमकै फ्रेममा अनाधिकृत रुपमा इडिट गरे अनर्गल प्रचार समेत गरेको भेटिएको छ ।

बजेटलाई तोडमोड गरेर आलोचित बनाउने प्रयास गरिरहेको असन्तृष्ट समुहकै डिजाईनमा चारित्रिक आक्रमण समेत हुन थालेको छ । साईबर क्राईम कानून आकर्षित हुने गरि सामाजिक सञ्जालमा मेयर र हाकिमको चारित्र हत्याको श्रृखला चलिरहेको छ ।

हाकिम सरुवा भएकै दिन नगरपालिकाकै योजना अधिकृत बालाराम खड्काले चारित्रिक प्रश्न उठ्ने गरि सांकेतिक रुपमा लेखे–
कुनै व्यक्ति प्रति अन्धभक्त आशक्ति हुनुमा दुई कारण हुन्छनः
१. यौन सम्बन्ध,
२. आर्थिक सम्बन्ध ।

नगरपालिकाभित्र कामको शिलसिलामा गैरजिम्मेवार गतिविधिप्रति असन्तृष्ट बनेकी काफ्ले र खड्का बिच विवाद भएको थियो । सरुवाको निर्णय भएपनि काफ्ले रमाना लिने मोडमा नदेखेपछि खड्काले अन्धभक्त आशक्ति भएको टिप्पणी गरेका खड्काले त्यसको कारणमा भने चरित्रमाथि प्रश्न उठाए ।

त्यो स्टाटसमा जीतपुरसिमरा वडा नं. २१ का वडा अध्यक्ष शुभाष श्रेष्ठले गरेको कमेन्टमा यौन सम्बन्धकै कारण आशक्ति रहेको संकेत गरेर चरित्र हत्यामा बल पु¥याउने काम गरेका पाईएको छ । उनी नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् भने सभाको विषयमा असन्तुष्ट छन् । त्यसैगरि खड्का एमाले निकट कर्मचारी संगठनमा सक्रिय छन् । स्टाट्सको विषयमा प्रतिकृया लिन खोज्दा उनको फोन उठेन ।

कर्मचारी खड्काले स्टाट्स डिलेट गरेका छन् । तर, त्यहि स्टाट्समा लाईक गरेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ निवासी सरोज खनाल एमाले निकट विद्यार्थी संगठन बाराका अध्यक्ष  सरोज खनालले विहीबार मेयरको चरित्रमाथि प्रश्न उठाउँदै स्टाटट्स लेखेका छन् ।

उनले लेखेका छन्–

मान्छेको चरीत्र उस्को शोभाव बाट र उस्को कार्यशैली बाट प्रष्ट देखिन्छ जो एक ब्यक्ति सङ्ग निर्भव हुन्छ उस्को चरीत्र कस्तो छ तेहा बाट प्रष्ट हुन्छ जो मेयर ताली बजायर चरीत्रहिन ब्यक्तिलाइ जितपुरसिमरामा स्वागत गर्छन । क्या गजब

उनीहरुको स्टाट्स पछि मेयर पौडेलले सार्वजनिक कार्यक्रमा आफुले तनाब महसुस गरेको प्रतिकृया दिएका छन् । उद्योगी व्यबसायीका समस्या समन्धी छलफल ,सुरक्षा सचेतना जीवनशैली तथा तनाव व्यबस्थापन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पौडेलले जीतपुरसिमरामा साईबर क्राईमको घटना एकपछि अर्को भईरहेको बताएका छन् ।

उनले कानून बमोजिम साईबर क्राईमको घटनामा संलग्नलाई कारबाही नगरेर बारा प्रहरी प्रमुख र पत्रकार महासंघका अध्यक्षको उपस्थितिमा मिलापत्र भएको घटनापछि असन्तुष्टि जनाउँदै त्यसले साईबर क्राईमको घटना थपिएको उल्लेख गरे ।

यता विद्यार्थी नेता खनालले आफुले जीतपुरसिमराको मेयरलाई लक्षित नगरेको प्रतिकृया दिएका छन् । उनले आफुले अर्कै व्यक्तिबारेमा लेखेको र उसले स्क्वीज गरेपछि स्टाटटस् डिलेट गरिसकेको बताएका छन् ।

अपडेट : खड्काले केहि समयपछि हामीलाई सम्पर्क गरेका छन् । उनले आफुले लेखेको स्टाट्स जीतपुरसिमरा लक्षित नगरेको प्रतिकृया दिएका छन् । उनले आफुले लेखेको विषय र प्रशंग कसैसँग मेल खान गएको भए त्यसमा केहि भन्न नसक्ने बताएका छन् ।

-खनाल जिल्ला अध्यक्ष हुनुपर्नेमा भुलबस यसअघि अन्यथा भएकोमा सच्याईएको छ । –स.

nijgadh-supermart-adz1200-630