द्रुतमार्गको सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गा लागेर निजगढका एक मजदुरको मृत्यु

वि.सं.२०८१ साउन ९ बुधवार २२:३२
3.05K
shares

बारा–काठमाण्डौं–तराई मधेस द्रुतमार्गको मकवानपुरको बकैया खण्डमा निर्माण हुँदै गरेको द्रुतमार्गमा पर्ने सुरुङमार्गमा काम गर्दै आएका एक मजदुरको मृत्यु भएको छ । सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढ वडा न १३ का अन्दाजी २८ वर्षीय विमल थिङको ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २८ वर्षीय राजु विक गम्भीर घाइते भएका छन् ।
थिङको घटनास्थलमै ज्यान गएको र गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ साउन ९ बुधवार २२:३२