skip this farak Kura Pravakar

पिलुवा–कलैया सडकखण्डमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, तीन घण्टा सडक अवरुद्ध

ठक्कर दिने मोटरसाइकल फरार

2.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बारामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका-१८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगरको मृत्यु भएको हो ।

शव सडकमा राखेर यातायात अवरुद्ध पार्दै स्थानीय । तस्वीर सौजन्य : पुष्पराज खतिवडा

पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन घण्टा सडक अवरुद्ध
जितपुरसिमरा १८ बडहर्वा घटना भएको हो । साँझ ४- ७ बजेसम्म सडकमा बालकको शव राखी पीडित स्थानीयले सडक अवरुद्ध पारेका थिए ।
पिलुवा कलैया सडक खण्डको माथ्लो बडहर्वामा जारी अवरोध खुलेको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीय बीचमा भएको छलफलमा भएको सहमतिपछि सडक खुलेको हो । फरार मोटरसाइकलको खोजीमा तिब्रता दिने, टिपर आतंक न्यूनीकरण गर्ने, सडकमा सिसि टिभी क्यामरा जडान गर्ने र काजकिरिया खर्च ब्यवस्थापन गर्ने सहमति पछी सडक अवरोध हटेको हो ।

प्रहरीले शुरक्षाको जिम्मा लिएको छ भने जितपुरसिमरा १८ का वडा अध्यक्ष अर्जुन प्रसाद दाहालले पिडित परिवारलाई किरिया खर्च उपलब्ध र सडकमा सिसि टिभी क्यामरा राख्न पहल गर्ने सहमति भएको मृतक बालकका हजुरबुबा पीडित लालबहादुर थापाले बताए ।

nijgadh-supermart-adz1200-630