skip this farak Kura Pravakar

बारा क्षेत्र नम्बर १ ‘क’ को लागि यी हुन् सिफारिसमा परेका एमालेका नेता

प्रदेश सांसद, पूर्व उपमेयरदेखि पूर्व गाविस अध्यक्षसम्म

3.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– बारा क्षेत्र नम्बर १ ‘क’ लागि नेकपा एमालेबाट १६ जनाको नाम सिफारिसमा परेको छ । जसमा प्रत्यक्षमा ८ जना र समानुपातिकमा ८ जनाको नाम रहेको छ ।

नेकपा एमाले समन्वय समितिको शनिबार कोल्हबीको पर्सौनामा बसेको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको लागि १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

एमालेले सिफारिस गरेका नेतामा बाहालवाला प्रदेश सांसद, पूर्व गाविस अध्यक्ष, उपाध्यक्ष, पूर्व उपमेयरदेखि केही युवा नेतृहरु समेत परेका छन् ।

बैठकले प्रत्यक्षतर्फ एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, रामकृष्ण घिमिरे, केवल चौधरी, ढुण्डिराज उप्रेती, त्रिलोकी चौधरी, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम सिफारिस गरेको हो ।

नेता श्रेष्ठ साविक निजगढ गाविसका पूर्व अध्यक्ष हुन् भने चौलागाई पूर्व उपाध्यक्ष, घिमिरे रिडर्नी फेडेरेशनमार्फत मार्फत पार्टी गतिविधिमा सक्रिय छन् । त्रिलोकी २०७४ को निर्वाचनमा निर्वाचित प्रदेश सांसद हुन् ।

त्यसैगरि समानुपातिकमा लिलादेवी लामिछाने खनाल, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

लामिछाने निजगढ नगरपालिकाकी प्रथम उपमेयर हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिईन् । लामा पूर्व नगर पार्टी अध्यक्ष हुन् । चौधरी पूर्व शिक्षक हुन् । केसी राष्ट्रिय संघकी केन्द्रीय सदस्य हुन् । युवा नेतृ सापकोटा अनेमसंघमा आवद्ध छिन् ।

क्षेत्रीय संयोजक रामजी बजगाईँको अध्यक्षतामा भएको बैठकमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बारा जिल्ला इन्चार्ज बलवीर चौधरीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630