skip this

महालक्ष्मी नगरपालिकामा एमालेकाे संगठन शुद्धीकरण अभियान

नेताहरुबाटै शुद्विकरणको अभियान थाल्नु पर्नेमा जोड

3.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

ललितपुर-नेकपा एमालेको ललितपुरमा संगठन शुद्विकरण तथा सुदृढीकरण अभियान सञ्चालन भएकाे छ ।

नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथलीद्वारा आयोजित संगठन शुद्विकरण तथा सुदृढिकरण अभियान २०७९ प्रशिक्षण कार्यक्रम शनिबार गरिएको हाे ।

नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य एंवम् ललितपुर जिल्लाका ईन्चार्ज हरिकृष्ण ब्यञ्जनकारले अभियानकाे उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा ईन्चार्ज ब्यञ्जनकारले संगठनमा मौलाउदै गएको दक्षिणपन्थी अराजकतावाद नियन्त्रण गर्न पनि आचरणमा शुद्विकरण ल्याउनु पर्नेमा जोड दिए । 

त्यस्तै नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य एंवम् महालक्ष्मी नगरपालिकाका पूर्व मेयर रामेश्वर श्रेष्ठले बिचार, राजनीति, पार्टी काम, जीवनशैली, पार्टीको आर्थिक मामलामा शुद्धता ल्याएर आफूलाई शुद्विकरण गर्न सकेमा शुद्विकरण हुने बताए । ‘यस्ले बिचारधारा र राजनीतिमा शुद्धता ल्याउने छ’ उनले भने । 

त्यस्तै बागमती प्रदेश सदस्य एंवम् ललितपुर निर्वाचन क्षेत्र नं २ (ख) ईन्चार्ज प्रेम महर्जनले सैद्वान्तिक स्तरमा सबै कार्यकर्तालाई प्रशिक्षण दिएर जागृत गराउनुपर्ने बताए । विश्वभर नया जनवादका कुरा फैलिएको समयमा मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादको सिद्वान्तको बिषयमा सबै कार्यकर्ता प्रशिक्षित गर्नुपर्ने बताए । कम्युनिष्टलाई जोगाउन जनताको नजिक भएर काम गर्न सुझाव दिए ।

नेकपा एमाले बागमती प्रदेशका सदस्य एंवम् क्षेत्र नं २ (क) का ईञ्चार्ज चिरञ्जीवी आचार्यले नेतृत्वले गुटबन्दी गरेर गाली गर्ने झूटको खेती गर्नेहरुलाई समेट्न नसकेको बताए ।  उनले कुनै व्यक्तिलाई उत्कृष्ट नेता बनाउदै देवत्वकरण गरेर पार्टी निर्माण नहुने बताए । 

ललितपुर जिल्ला सचिव राम राउतले नेताहरुबाटै शुद्दिकरणको अभियान सुरु गर्नुपर्ने बताए । `जनताको चाहना अनुकुलको बन्न नसके म बाटै अभियान सुरु गर्नु पर्छ’ उनले भने । वडाहरुले संगठन सुदृढीकरणको लागि सदस्यता नविकरण, संकलन, टोल कमिटिसँग छलफल तथा पुनर्गठन गर्ने अभियान सुरु गर्नु पर्ने बताए ।

यसैगरी नेकपा एमाले युवा तथा खेलकुद आयोगका सदस्य मेघराज पौडेलले संगठित सदस्यहरु जनताको बहुदलिय जनवादको नियम अनुसार चल्नुपर्ने बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य हरिकृष्ण व्यञ्जनकारको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा महालक्ष्मी नगर अनेमसंघ, युवासंघ, वडा कमिटि तथा टोल कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

nijgadh-supermart-adz1200-630