मिटरब्याजीबाट पीडित भएका नागरिकमाथि धोकाधडी भएको छ– सांसद गैरे
वि.सं.२०७९ चैत १९ आइतवार १३:४७

काठमाडौं । सरकारले मिटरब्याजपीडितहरूलाई धोका दिएको नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आरोप लगाएका छन् । उनले आज प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै मिटरब्याजीहरूको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध समेत गरेका छन्।
“मिटरब्याजीबाट पीडित भएका नागरिकमाथि फेरि अर्को धोकाधडी भएको छ,” गैरेले भने, “एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ । तत्काल पीडकहरूले कारबाही पाउनुपर्छ ।” एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ । र, तत्काल पीडकहरूले कारबाही पाउनुपर्छ भन्ने कुरालाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो शून्य समय र विशेष समयमा उठेका कुराहरूको सरकारका मन्त्रीले, प्रधानमन्त्रीले जवाफै दिन नपर्ने ? के यो नियमअनुसार नै हामी चलिराखेका छौं ? ।
वि.सं.२०७९ चैत १९ आइतवार १३:४७
















