कालीकोटको तिलागुफा नगरपालिकामा गठबन्धन दल कांग्रेसको एकल उम्मेदवारी
वि.सं.२०७९ वैशाख ११ आइतवार १३:५५
2.52K
shares
काठमाडौं ।कालीकोटको तिलागुफा नगरपालिकामा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले एकल उम्मेदवारी दर्ता गरेको छ । आइतवार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकरप्रसाद उपाध्यायले मेयरमा र वसन्तीसिंह शाहीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
तिलागुफा नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले एकल निर्वाचन लड्ने गरेको निर्णयअनुसार आइतबार मनोनयन दर्ता गरिएको नेपाली कांग्रेस कालीकोट जिल्ला सदस्य सत्यबहादुर शाहीले बताए । नगरपालिकाका ११ वटै वडामा कांग्रेसले उम्मेदवारी दर्ता गर्ने उनले जानकारी दिए ।
वि.सं.२०७९ वैशाख ११ आइतवार १३:५५

















