skip this farak Kura Pravakar

गणतन्त्रको जग बलियो नभएसम्म कांग्रेस र माओवादीको सहकार्य जरुरी छ –बाबुराम भट्टराई

903 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो नभएसम्म कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भनाई छ । गठबन्धनको जीत निश्चित भए पनि प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्न मेहनत गर्नुपर्ने भट्टराईले जिकिर गरेका छन् ।

आज गोरखाका उम्मेदवारहरुको लागि मत माग्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले केपी ओलीको नाम नलिई एमालेलाई निर्णायक ढंगले परास्त नगरेसम्म पूर्वमाओवादीहरु र कांग्रेसलगायतका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।

nijgadh-supermart-adz1200-630