skip this hetauda tech

मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

324 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, कांग्रेस सांसदहरू बुधबार प्रदेशसभामा उपस्थित नहुने देखिएपछि विश्वासको मत लिने मिति सर्ने भएको छ । १० गते विश्वासको मत लिने तय भएको नेपाली कांग्रेस बागमती प्रदेशका मुख्य सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630