skip this

भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका ५ र ६ मा कांग्रेसको जित

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका ५ र ६ मा कांग्रेस जिवयी भएको छ । गए राति सम्पन्न मतगणनाको परिणामअनुसार मध्यपुरथिमि ५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ र वडा नं ६ मा ज्ञानदास प्रजापति वडाध्यक्षमा निर्वाचित भएको छन् ।

कांग्रेसका श्रेष्ठले दुई हजार ३६२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका राधेश्याम प्रजापतिले एक हजार ३सय ९३ मत प्राप्त गरे ।वडा नं ५ को वडा सदस्यमध्ये महिला सदस्यमा एमालेका कमला प्रजापति एक हजार ५ सय ८८, खुला सदस्यमा कांग्रेसका राजभाइ प्रजापति एक हजार ९ सय ३० र एमालेका सुरेन्द्र भासिमा एक हजार ९ सय २१ मतका साथ निर्वाचित हुनुभयो । यहाँ दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै वडा नं ६ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका ज्ञानदास प्रजापति एक हजार ७ सय २३ मत ल्याइ विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार २९ मत ल्याए । वडा सदस्यमा कांग्रेसका अरुणा नकर्मी एक हजार ६ सय ४५, रामचन्द्र थापामगर एक हजार ३ सय ७०, दलित महिला सदस्यमा सीता विश्वकर्मा एक हजार ७ सय १५ र एक सदस्यमा माओवादीका तुलसीराम प्रजापति एक हजार १ सय ६४ मतका साथ निर्वाचित भएका छन् ।

nijgadh-supermart-adz1200-630