skip this

ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

2.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

ललितपुर । ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित भएका छन् ।

लोप्चनले चार हजार ९०९ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज सञ्जेलले चार हजार ५३ मत ल्याए ।

गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी भए। नेकपा एमालेका नमुना दोङले तीन हजार ७०० मत ल्याइन् ।

पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेसबाट वडा नम्बर १ मा ज्ञानबहादुर लो, २ मा रामबहादुर भुलुन, ३ मा नवराज खड्का, ४ मा रामकुमार लामा र ६ मा नारायण भोम्जन निर्वाचित भए ।

वडा नम्बर ५ मा माओवादी केन्द्रका नमराज तिमल्सिना र वडा नम्बर ७ मा एमालेका होमप्रसाद बजगाईँ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

nijgadh-supermart-adz1200-630