skip this farak Kura Pravakar

प्रहरीले वीरगञ्जमा झन्डा मेलाको नाच रोकेपछि विवाद ! प्रहरी विरुद्ध जाई लागे स्थानीय

३ राउन्ड अश्रुग्याँस र १ थान रबरको गोली प्रहार

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा–वीरगञ्ज महानगरपालिका – १७ अलौँको सिवान टोलस्थित शनिवार लागेको महावीर झन्डा मेलामा प्रहरीले ज्यादती गरेको स्थानीयहरूले आरोप लगाएका छन् । मेलामा शनिवार राति शान्तिपूर्ण तरिकाले नाच नाचिरहे पनि प्रहरीले अवरोध सृजना गर्दै लाठी चार्ज गरेको स्थानीयहरूले गुनासो गरेका हुन् ।

प्रहरीले ज्यादती गरेको भन्दै आइतबार अलौँका स्थानीयले त्यहाँस्थित हनुमान मन्दिर अगाडिको चोकमा प्रदर्शन समेत गरेका छन् । उनीहरूले टायर बालेर प्रहरी र प्रशासनविरुद्ध नाराबाजी समेत गरेका थिए ।

मेलामा नाच नचाउने विषयमा दर्शक र नेपाली सुरक्षाकर्मीबिच विवाद भएको स्थानीयले बताएका छन् । विवाद झडपमा परिणत भएपछि एक जना सर्वसाधारणसहित केही सुरक्षाकर्मी समेत घाइते भएका थिए । प्रहरीले राती ११ बजेपछि नाच नचाउन नपाउने भन्दै अवरोध गरेको थियो । यद्यपि राती १२ बजेसम्म नाच नचाउन दिइएको थियो ।

राति साढे १२ बजेपछि पनि नाच नरोकिएको कारण प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बल मगाएर त्यहाँ रहेका दर्शकहरूमाथि लाठीचार्ज गरेको थियो । लाठीचार्ज पश्चात् त्यहाँको अवस्था केही बेरका लागि तनावग्रस्त समेत भएको थियो ।

नेपालको सिवानटोल र भारतीय सीमावर्ती गाउँ हरैयाका स्थानीयवासीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि केही सुरक्षाकर्मी समेत घाइते भएको प्रहरीले जनाएको छ ।

झडपमा प्रहरी चौकी श्रीसियाका सहायक प्रहरी हवलदार सुबोध कुमार यादव, प्रहरी जवानद्वय सुभाष चौधरी, रोशन सिंहल घाइते भएको बुझिएको छ ।

प्रहरीले भिडलाई तितरबितर पार्न ३ राउन्ड अश्रुग्याँस र १ थान रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

घटनामा हरैयाका १७ वर्षीय युवक राजनकुमार समेत घाइते भएका छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेर डंकन अस्पतालमा उपचार भइरहेका छ । घाइते परिवारजनका अनुसार प्रहरीको गोलीको छर्रा लागेर राजन घाइते भएका थिए । यद्यपि सुरक्षा निकायले उनीमाथि गोली नचलाएको र भाग्ने क्रममा लडेर चोट लागेको हुन सक्ने बताएको छ ।

प्रत्येक वर्ष छठ पर्वको १५ दिन पश्चात् नेपालको शिवानटोला र भारतको हरैया गाउँका स्थानीयको संयुक्त सहमतिमा मेला समिति चयन गरेर महाबिरी झन्डा मेलामा आयोजना हुँदै आएको छ ।

शनिवारको महाबिरी झन्डा मेलामा भारत बिहार मझौलियाका चर्चित नाच ल्याइएको थियो । मेलामा रातिको समय धेरै वर्ष पहिलादेखि नाच नाच्दै आए पनि यस वर्ष प्रहरीले अवरोध गरेपछि विवाद भएको स्थानीयहरूको कथन छ ।

nijgadh-supermart-adz1200-630