लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान : निजगढ नगरपालिकाद्धारा ‘महिलाका कुरा’ रेडियो कार्यक्रम निर्माण

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२४

बारा– निजगढ नगरपालिकाले ‘महिलाका कुरा’ रेडियो कार्यक्रम निर्माण गरेको छ ।
लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत निजगढ नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा फास्ट ट्रयाक मिडिया प्रा.लि. ले रेडियो कार्यक्रम महिलाका कुरा निर्माण गरेको हो ।
महिलाका कुरा कार्यक्रम निजगढमा सञ्चालित दुई वटै एफमबाट प्रशारण भईरहेको छ । रेडियो निजगढ १०७.२ मेगाहर्ज र रेडियो मध्यतराई ९४.४ मेगाहर्जबाट साँझ ८ः३० देखि ८ः४५ सम्म र पुनः प्रशारण विहान ८ः१० देखि ८ः२५ सम्म एकैसाथ प्रशारण हुने कार्यक्रम प्रस्तोता महेश्वर अधिकारीले जानकारी दिए ।
कार्यक्रममा निजगढमा विभिन्न क्षेत्रमा स्थापित महिलाहरुका गतिविधि, संघर्ष र सफलताका विषयमा कुराकानी प्रस्तुत उपमेयर सोममाया थिङले जानकारी दिईन् ।
https://www.facebook.com/RadioNijgadh/videos/792801412650129

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२४