skip this hetauda tech

मेला हेर्न गएको मोटरसाईकल खम्बामा ठोक्किदा रतनपुरमा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु !

सोमबार विहान १० बजे चिकित्सकले मृत घोषणा

15.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ १० लालमा देछेनदेन गुम्बा मेला हेर्न हिडेका युवक सवार मोटरसाईकल दुर्घटनामा परेको छ ।

निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीबाट हिडेको ना. २४ पा ४०१७ नम्बरका २२० सिसिको बजाज मोटरसाइकल तामागढी–डम्बरपुर सडक खण्ड अन्तर्गत बेशिगाउँमा आईतबार राती दुर्घटनामा परेको हो ।

मोटरसाइकल अनियन्त्रित भई सडक पोलमा ठोक्किएर मोटरसाईकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । मोटरसाईकलमा दुई जना सवार थिए ।

निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका अन्दाजी वर्ष १७ का रोशन लुङ्गबाले चलाएका थिए । मोटरसाईकलमा कुलमान घलान सवार थिए । उनीहरु मेला हेरेर घर फर्किएर पुनः मेला जाने क्रममा दुर्घटनामा परेका हुन् ।

एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक लुङ्गबा रहेका छन् । दुर्घटनामा गम्भिर घाईते भएका लुङ्गबालाई उपचारका लागि वीरगञ्ज लगिएको थिए ।

उपचारको क्रममा लुङ्बाको वयोधा हस्पिटलमा सोमबार विहान १० बजे चिकित्सकले मृत घोषणा गरेको निजगढ ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनी निजगढ–११ रतनपुरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा  अध्ययनरत थिए ।

दुर्घटनामा घाईते भएका मोटरसाईकलमा सवार निजगढ–१३ का घलानको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630