माओवादीको प्रतिवद्धता पत्रमा फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय एयरर्पोट प्राथमिकतामा
वि.सं.२०७९ कात्तिक १४ सोमवार १७:५१

काठमाण्डौं–बारामा निर्माणाधिन तराई मधेस–काठमाण्डौं फास्ट ट्रयाक र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नेकपा (माओवादी केन्द्र) को प्रतिवद्धता पत्रमा प्राथमिकतामा परेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा तराई मधेस–काठमाण्डौं फास्ट ट्रयाकलाई तिब्र गतिमा अघि बढाउने उल्लेख छ ।
त्यसैगरि अदालतको निर्देशनलाई सम्मान गर्दै वातावरण रक्षा प्रतिकुल असर नपर्ने गरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने उल्लेख छ ।
यसैविच नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सदस्य रविराज दंगालले जनभावनालाई सम्बोधन गरेर घोषणापत्रमा फास्ट ट्रयाक र निजगढ एयरर्पोट समेटेकोमा खुसी व्यक्त गरे । उनी फास्ट ट्रयाक र एयरर्पोटका अभियन्ता समेत हुन् ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार १७:५१


















