skip this farak Kura Pravakar

वीरेन्द्रनगरको कर्फ्यु ७ बजेबाट हट्ने

शान्तिपूर्ण देखिएकाले आदेश हटाइने

870 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु साँझ सात बजेबाट हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले हिजो साँझबाट लगाइएको कर्फ्यु आज साँझ सात बजेबाट हटाउने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालले अवस्था शान्तिपूर्ण देखिएकाले आदेश हटाइने बताए ।

उनले भने, ‘कर्फ्यु अवधिमा कुनै प्रदर्शन भएनन्, शान्तिपूर्ण नै देखिएकाले सात बजेदेखी नै कर्फ्यु हटाउँदैछौं । सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने निषेधाज्ञा तोक्दैछौं ।’

याे पनि….

nijgadh-supermart-adz1200-630