निरन्तरको बर्षा पछि आएको बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति
वि.सं.२०७९ असार ११ शनिवार ०९:२५
1.47K
shares

काठमाडौं । निरन्तरको बर्षा पछि आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । शुक्रबार रातिराति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको स्थानीयले बताए ।
गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।
वि.सं.२०७९ असार ११ शनिवार ०९:२५

















