नारीको जन्मिँदै नामको पछाडी कुनै निश्चित थर भएन !
वि.सं.२०७९ असार ११ शनिवार ०९:३१
3.47K
shares

दिलको पर्खालमा माटोको कुनै भर भएन
अब जिन्दगीमा हास्ने बाँच्ने कुनै रहर भएन
ओइली झर्दै छन् दिलका सुन्दर फूलहरू
मनको फूललाई सौन्दर्य छर्ने कहर भएन
बास्ना उस्तै छ जति सुकेर भूईमा झरे पनि
टिपेर सजाउने खोइ आफैलाई जाँगर भएन
बास्ना उस्तै छ जति सुकेर भूईमा झरे पनि
टिपेर सजाउने खोइ आफैलाई जाँगर भएन
हरेक प्रहर नयनबाट शीत झर्छ गाला सम्म
तर चुहेर समुन्द्र सम्म बग्दै जाने बगर भएन
यो स्वार्थी दुनियाँमा भिखारी बन्नेलाई दिऊ के
धन सम्पती झै बाड्न मिल्ने कुनै जहर भएन
जति महान नारी पनि ओझेलमै पर्छन् सधैंसधैं
जन्मिँदै नामको पछाडी कुनै निश्चित थर भएन
–ललितपुर महानगरपालिका –१५ सातदोबाटो
वि.सं.२०७९ असार ११ शनिवार ०९:३१

















