प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल : पहिलो खेल वडा नं. १ भर्सेस १३ र दोस्रो खेल वडा नं. २ र ७ विच
वि.सं.२०८२ वैशाख २५ बिहीवार ०८:५७

बारा–बाराको निजगढमा सञ्चालित प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन आज दुई वटा खेल हुनेछ ।
दिउँसो ३ः३० बजे हुने पहिलो खेल वडा नं. १ भर्सेस १३ विच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल ५ः०० बजे हुनेछ । दोस्रो खेल वडा नं. २ र ७ विच हुनेछ ।
वडा नं. ९ लाई पराजित गर्दै वडा नं. १ क्वाटरफाईनलको यात्रा तय गरेको हो भने १३ नं. वडा वाई पाएर सिधै क्वाटरफाईनल प्रवेश गरेको हो । आजको खेल जित्ने टोली सेमिफाईनल प्रवेश गर्नेछ ।
निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको व्यवस्थापन निजगढ फुटबल क्लबले गरिरहेको छ ।
निजगढका १३ वटै वडाको विचमा हुने प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगद र शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
वि.सं.२०८२ वैशाख २५ बिहीवार ०८:५७
















