skip this

रवि लामिछानेका समर्थकद्वारा माइतीघरमा प्रदर्शन

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको पक्षमा उनीहरुले केहीबेर नारा लगाएका थिए ।

पुरानो नागरिकता प्रयोग गरी पार्टी दर्ता, निर्वाचनमा उम्मेदवारीलगायत काम गरेकाले लामिछानेको नागरिकता अवैध ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरेपछि उनको मन्त्री र सांसद पद गएको थियो ।

nijgadh-supermart-adz1200-630