skip this

स्थानीयको कुटाईबाट सई सख्त घाइते

2.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । स्थानीयवासीको कुटाईबाट सर्लाहीको पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) रामएकवाल यादव सख्त घाइते भएका छन् ।

लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेडा गाउँमा रहेको प्रहरी चौकीमा कार्यरत सई यादवमाथि बिहीबार मध्यराती प्रहरी पोसाकमा डिउटी गरिरहेकै समयमा स्थानीयवासीले आक्रमण गरेका हुन् ।

यादवमाथि लालबन्दी नगरपालिका वडा नं. १२ र १३ को सीमामा पर्ने लखन्देही खोलास्थित झोलुङ्गे पुल नजिकै आक्रमण भएको हो ।

स्थानीयको आक्रमणबाट सख्त घाइते भएका सई यादवको नेपाल प्रहरी अस्पताल, काठमाडाैंमा उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीयले काठको चिपर्टले प्रहार गर्दा उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

सो घटनामा एक जना प्रहरी जवान पनि सामान्य घाइते भएका छन् ।

स्थानीय जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई पक्राउ गर्न जाँदा सई यादव नेतृत्वकाे टाेलिमाथि आक्रमण भएकाे एक प्रहरीले बताए ।

प्रहरीमाथि आक्रमण गर्ने स्थानीयहरु अहिले फरार रहेका र उनीहरुको खोजी चलिरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले बताए ।

प्रहरीमाथि आक्रमण भएपछि प्रहरी चौकी पत्थरकोटमा थप प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक प्रसाईंले घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630