skip this

विमान दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालका डा. थापाको मृत्यु

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा. गणेश थापाको पनि निधन भएको छ ।

बुटवल घर भएका ३६ वर्षका उनी काठमाडौंमा परिवारलाई भेटेर पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका नेपाल चिकित्सक सघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।

डा थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए ।

पोखरामा काम गर्नुअघि डा. थापाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका थिए ।

सोही विमान दुर्घटनामा राष्ट्रिय ट्रामा सेन्टरमा कार्यरत डा. सुशील श्रेष्ठ र उनकी पत्नी डा. सोना दिवारकको पनि निधन भएको थियो ।

nijgadh-supermart-adz1200-630