मााछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त
वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५३
1.67K
shares

काठमाडौं-मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन् ।
बैंकको १२ मंसिरमा बसेको ४७२ औं बैंक सञ्चालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएसँगै उनले दिएको राजीनामा पनि बैंकले स्वीकृत गरेको छ ।
साथै उनको राजीनापछि रिक्त अध्यक्षमा डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५३

















