skip this farak Kura Pravakar

बन्द सूचीमा परेकाे चाैथाे पटकमा खुल्यो रेखा यादवकाे लागि संसदकाे ढाेका

राजनीतिसंगै साहित्यमा स्थापित रेखा

3.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-२०६३ मा भएकाे मधेस विद्राेहबाट जन्मेकाे पार्टी हाे, मधेसी जन अधिकार फाेरम । त्यसअघि मधेसकाे एजेन्डा सदभावनाले बाेकेकाे थियाे । त्यहि पार्टीका आवद्ध थिईन्, विराटनगरकी रेखा यादब ।

मधेस विद्राेहपछि २०६४ देखि मधेशी जनअधिकार फोरममा आवद्ध भईन् रेखा । त्यहि साल भएकाे पहिलो संविधान सभा निर्वाचनबाट फाेरम मधेसकाे निर्णायक देशकै चाैथाे शक्तिका रुपमा उदयी भयाे । संसदमा प्रत्यक्षमा मात्र हैन समानुपातिकमा समेत राम्रो उपस्थिति हुदाँ बन्द सूचीमा रहेकी रेखाकाे संसद यात्रा अघि बढेन ।

त्यसयता २०७० र २०७४ मा समानुपातिक बन्द सूचीमा नाम छुटेन तर संसदकाे ढाेका रेखाकाे लागि खुलेन । ४ मंसिरमा भएकाे निर्वाचन प्रत्यक्ष निर्वाचन लड्ने मनस्थितिमा पुगेकी रेखा पुन: चौथो पटक समानुपातिक बन्द सूचीमा नै परिन् ।

याे निर्वाचनमा पार्टी अध्यक्ष उपेन्द्र यादब पराजित भए । पार्टीको आकार घट्याे । तर, यहि निर्वाचनले रेखाकाे लागि भने संसदकाे ढाेका खाेलेकाे छ । अन्ततः चाैथाे प्रयासमा रेखा प्रतिनिधि सभाकाे सांसद बनेकी छिन् ।

काे हुन् रेखा ?

रेखा यादव जसपाकी केन्द्रीय सदस्य राजनीति सदस्य गैरभौगोलिक प्रदेश इन्चार्ज हुन् । रेखा राजनीतिसंगै साहित्यमा पनि स्थापित नाम हाे । मधेसी समुदायकी रेखा गाउँकै यादव समुदायकि त्याे छाेरी हुन्, जाे एसएलसी पास गर्नेदेखि स्नातकोत्तर र विद्यावारिधि गर्नेसम्म पहिलाे हुन् ।
बुवा राम नारायण यादव र आमा रत्ना देबि यादवकाे काेखबाट उनकाे जन्म भएकाे हाे ।

जेल जीवन

२०४७ माघमा सद्भावना अध्यक्ष गजेन्द्रनारायण सिंहको नेतृत्वमा सिंहदरबार घेराउ अभियानमा लाग्दा विराटन पक्राउ समेत परेकी थिइन्। पटक-पटक गरेर १३ पटक प्रहरी हिरासत पुगेकी छिन् ।

शैक्षिक यात्रा

गाउँमै बसेर एसएलसीसम्म अध्ययन गरेकी रेखाले उच्च शिक्षा अध्ययन काठमाडौंमा गरिन् ।
त्रिभुवन विश्व विद्यालयबाट हिन्दीमा गरेकी उनले बिक्रमशिला बिद्यापीठ भागलपुर भारतबाट विद्याबारिधि गरेकी हुन् ।

साहित्यक यात्रा

रेखाका विभिन्न कृति प्रकाशित छन् । उपन्यास `आत्मजा´ नेपाली र हिन्दीमा “तुम बिन” “धीरे से ” र कविता संग्रह “सुस्तारी “, लघु कथा परिचय, अस्तित्व रुखसार र सायरा लगायत प्रकाशित छन् । विभिन्न पत्र पत्रीकामा लेख, रचना प्रकाशित छन् ।
नेपाली, हिन्दी, मैथिली, अङ्ग्रेजी भाषामा विभिन्न रचना प्रकाशित छन् ।

सम्मान

-१०० हिरो अफ मधेश नेपाल, द्वारा सम्मानित
-अन्तर्राष्ट्रिय समरचता मन्च भारत द्वारा सम्मानित
-मुलधार महिला केन्द्र नेपाल द्वारा सम्मानित
-अजरबैजान विमन्स आइकेप अजरबैजान द्वारा सम्मानित
-अन्तर्राष्ट्रिय तथागत सिर्जन सम्मान यूपी
– नारी उत्थान केन्द्र नेपाल द्वारा सम्मानित
– वोमेन डेभलपमेन्ट कार्पोरेसन बंगाल द्वारा सम्मानित
-मिथिला श्रस्ठा सम्मान मिथिला संस्कृत समाज द्वारा सम्मानित
– कादम्बनी सरचता मंच भारत द्वारा सम्मानित
-उर्दु एकेडेमी नेपाल द्वारा सम्मानित
-अन्तर्राष्ट्रिय ओमेन अफ एक्सीलेंट अवार्ड क्यालिफोरणीया यु एस ए द्वारा सम्मानित
– महिला संजाल नेपाल द्वारा सम्मानित
– एलिट पोएट्री क्लब भारत द्वारा सम्मानित
-हाफे मोताबर भारत द्वारा सम्मानित

nijgadh-supermart-adz1200-630