skip this

पद बाँडेर पार्टी ध्वस्त पार्न खोज्ने तत्वहरूका लागि महिलाहरूको दृढता काफी छ –अध्यक्ष ओली

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पद बाँडेर पार्टी ध्वस्त पार्न खोज्ने तत्वहरूलाई महिलाहरूको दृढता, अडान र निष्ठाले महत्वपुर्ण काम गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीलाई चक्र बिउमा पारेर समाप्त पार्न खोज्दा महिला सङ्गठन ढाल बनेर बसेको हुनाले पार्टी सुरक्षित भएको बताए ।

‘एमाले फुटाउन यो पद त्यो पद भनेर, विचार होइन, सुन्दर भविष्यका सपना होइन पद बाँडेर पार्टी ध्वस्त पार्न खोज्ने तत्वहरूलाई महिलाहरूको दृढता, अडान र निष्ठाले महत्वपुर्ण काम गरेको छ ।’
महिला सङ्गठनको पछाडि एमाले जस्तो पार्टी र एमालेको पछाडि दुर्गा, काली, महाकाली जस्तो दिदिबहिनिहरुको साथ भएको हुनाले पार्टी बलियो बन्दै गएको बताए । एमाले देशको एउटा प्रमुख पार्टीको हैसियतमा आउन सक्नुमा महिला सङ्घको महत्वपुर्ण भूमिका रहेको उनको भनाई छ ।

‘नेकपा एमाले अहिले जुन ठाउँमा छ, महिलाहरूको योगदान आज पार्टी दुनियाँ घेरेर छेकेर चक्र बिउमा पारेर समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर । षड्यन्त्रको तरवार कसैले एमालेको विरुद्ध चलायो भने ढाल बनेर महिलाहरूले छेकेका छन् । महिलाहरूको योगदान यथार्थमा भन्नु पर्दा आजको अवस्थामा पार्टी यसरी सुरक्षित भएर, जोगिएर फेरि देशको एउटा प्रमुख पार्टीको हैसियतमा आउन सक्या छ, शरीरमा घाउहरू होला तर पनि एमाले उठेको छ, अरूभन्दा बलियो भएर आएको छ । ’हामीले देखेको सपनाका लागि नीति र अनुशासित सङ्गठनको आवश्यक भएको भन्दै पार्टीले पार्टी मात्र भनेर पुग्दैन जनताको लागि काम गरेर एकताबद्ध बनाउनु पर्ने उनको भनाई छ ।

nijgadh-supermart-adz1200-630