नेपालगञ्जको बाणिज्य बैंकमा तोडफोड
वि.सं.२०७८ फागुन ६ शुक्रवार २१:३०
768
shares

नेपालगञ्ज । नेपालगञ्जको एक बैंकमा तोडफोड भएको छ । शुक्रबार हतियार सहित प्रवेश गरेका ब्यक्तिले धम्बोझीस्थित राष्ट्रिय बाणिज्य बैंकको बैंकको दराज तोडफोड गरि महत्वपूर्ण कागजात नोक्सान बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कैलाली टिकापुर ९ का २६ बर्षिय सन्जु वि.क. बैंकमा तोडफोड गरि भाग्न सफल भएका थिए । घटनाको जानकारी लगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले विकलाई पक्राउ गरेको छ । उनलाई प्रहरी टोलीले खुकुरी सहित पक्राउ गरि आवश्यक अनुसन्धान भई रहेको जनाएको छ ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार २१:३०
















