skip this farak Kura Pravakar

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सभामुखद्वारा प्रमाणीकरण

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका बजेट आश्रित दुईवटा विधेयक प्रमाणित गरेका छन् ।
   आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सापकोटाले मंगलबार प्रमाणीकरण गरेका छन् । सभामुखले प्रमाणीकरण गरेका ती विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइने संसद सचिवालयले जनाएको छ ।
     राष्ट्रपतिबाट प्रमाणित भएपछि ती विधेयकले ऐनको रुप लिने छन् र कार्यान्वयनमा आउनेछन् ।
    तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।
  यसअघि विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेको छ ।

nijgadh-supermart-adz1200-630