skip this

नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईकाे प्यानल घोषणा

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आशन्न चुनावमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले आफ्नो टीम (प्यानल) को घोषणा गरेका छन् ।

आइतबार राजधानीको लैनचौर बैंक्वेटमामा एक कार्यक्रम गरेर उनले आफ्नो प्यानल घोषणा गरेका हुन् ।

संघईले आफ्नो टीममा महासंघ एसोसियट उपाध्यक्षको उम्मेदवारमा ज्योत्सना श्रेष्ठलाई अघि सारेका छन् ।

त्यस्तै संघईंले आफ्नो टीममा जिल्ला नगरतर्फ सुरकृष्ण बैद्यलाई उपाध्यक्षको उम्मेद्वार बनाएका छन् । त्यसैगरी बस्तुगत तर्फबाट सकुन्तलाल हिराचन उम्मेदवार बनेका छन् ।

बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठले टिम बनाए पनि प्यानल घोषणा गर्न सकेका छैनन् ।

महासंघको यही २०७९ चैत २८ र २९ गते ५७ ओै साधारण सभा तथा निर्वाचन अधिवेशन काठमाडौंमा हुँदैछ ।

श्रेष्ठ यसअघि अन्जन श्रेष्ठको समूहमा रहे पनि अहिले भने संघाईको टिममा देखिएकी छिन् । संघाई उद्याेगी हुन । उनले आफ्ना उद्याेगमा १८ हजारलाई राेजगारी दिएका छन् ।

महासंघकाे वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठले पनि उम्मेदवारी घाेषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा त्रिपक्षिय भिडन्त हुँदैछ।

nijgadh-supermart-adz1200-630