skip this

तामागढी-सिम्राैनगढ सडकका पीडितले मुअब्जा नपाएपछि कांग्रेस नेताले बुझाए ज्ञापनपत्र

2.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- बाराकाे तामागढी-सिम्राैनगढ हुलाकी सडकका पीडितले मुअब्जा नपाएपछि कांग्रेस नेताहरुले अर्थ र यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री एव् पूर्व मन्त्री उमाकान्त चाैधरीकाे नेतृत्वमा कांग्रेसका नेताहरुले अर्थ मन्त्री प्रकाश शरण महत र भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाइ ज्ञापन पत्र बुझाएका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पुगेका मुअब्जा निर्धारण समितिले ताेके बमोजिमकाे मुअब्जा वितरण गर्न माग गरिएको टाेलीमा सहभागी कांग्रेस नेता रमेश दंगालले जानकारी दिए ।

टाेलीमा सिग्राैनगढ नगरपालिकाका पूर्व मेयर तथा कांग्रेस क्षेत्रिय सभापति बिजय शंकर यादव, प्रदेश सभाका प्रत्यासी नागेन्द्र प्रसाद साह, रमेश ढंगाल सहभागी थिए ।

त्यसैगरी मुअब्जा सहयोग तथा संघर्ष समितीका अध्यक्ष अनवर अंसारी, उपाध्यक्ष लालबाबु प्रसाद कुशवाहा, काेषाध्यक्ष प्रकाश चौधरी, काेल्हवी नगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष योगेश चौधरी लगायत सहभागी थिए ।

nijgadh-supermart-adz1200-630