skip this

आजको तरकारी र फलफूलको मूल्य, मालदह आँप १५० रुपैयाँ

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ, । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठूलो गोलभेँडाको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ ।

नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज १०० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने आज स्थिर रहेर ३५ रुपैयाँ नै कायम छ । रातो आलु ४८ रुपैयाँ र सेतोे आलुको न्यूनतम मूल्य ३४ रुपैयाँ रहेको छ ।

समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा १० रुपैयाँले बढेर ७० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य आज १० रुपैयाँले घटेर प्रतिकेजी ११० रुपैयाँमा आएको छ ।

यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ४०, परवल ४०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४०, कुरीलो ४०० र स्कूस ७० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ ।

रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।त्यस्तै,फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १५० रुपैयाँमा विक्रि भईरहेको छ ।

अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १५०, अंगुर कालोको ५२० रुपैयाँ मूल्य तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

nijgadh-supermart-adz1200-630