साना किसान कृषि सहकारी संस्था डुमरवानाले गर्यो पत्रकारसँग अन्तरकृया
वि.सं.२०८० मंसिर २७ बुधवार २०:३२

बारा–साना किसान कृषि सहकारी संस्था डुमरवानाले पत्रकारहरुसँग अन्र्तकृया कार्यक्रम गरेको छ ।
संस्थाको सिमरा उपकेन्द्रमा भवनमा आयोजित कार्यक्रममा संस्थाका वरिष्ठ प्रबन्धक राजेन्द्रप्रसाद जमकटेलले संस्थाले गरेको प्रगति र अवस्थाबारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप सिंह बरालले संस्थाले विभिन्न समस्या र विवाद झेल्दै अगाडी बढेको भन्दै मुद्दा मामिला किनारा लागेकाले संस्थाको शाख फर्काउन अग्रसर रहेको जानकारी दिए । उनले राष्ट्रिय रुपमा प्राप्त गरेको पहिचानलाई पुर्नस्थापित गरेर संस्थालाई अग्रणी बनाउने गरि नयाँ सञ्चालक समिति लागिरहेको बताए ।

कार्यक्रममा सञ्चालक पलट चौधरी थारु, संगीता कुमारी पाण्डे, उर्मिला लामा, सुकुमाया वाईवा, शारदादेवी रिजाल, रुद्रप्रसाद न्यौपाने, गीता चौलागाई, लक्ष्मी कुमारी पुलामी, निमित्त मुख्य संस्था प्रबन्धक प्रकाश रिमाल लगायतको उपस्थिति रहेको छ ।
संस्थाको मंसिर ३० गते २७ औं वार्षिक साधारण सभा गर्दैछ । संस्थाको एकिकृत कृषि सेवा केन्द्र, जीतपुरसिमरा–१४ मौलापुरमा साधारण सभा गर्न लागेको अध्यक्ष बरालले जानकारी दिए ।
साधारण सभाको पूर्वसन्ध्यामा संस्थाले पत्रकारहरुसँग अन्र्तकृया कार्यक्रम गरेको हो ।
वि.सं.२०८० मंसिर २७ बुधवार २०:३२
















