निजगढमा मानव धर्मको आश्रम निर्माण सहयोगार्थ राष्ट्र शान्ति ज्ञान महायज्ञ सुरु
वि.सं.२०८० मंसिर २७ बुधवार २०:०६
बारा–बाराको निजगढ–९ मानव सेवा धर्मको आश्रम निर्माण सहयोगार्थ राष्ट्र शान्ति ज्ञान महायज्ञ सुरु भएको छ ।
१० वर्षअघि देउसी भैलो खेलेर खरिद गरिएको जमिनमा आश्रम निर्माण गर्ने उद्देश्यले निजगढ–८ शहीद चोकमा ज्ञानबद्र्धक धार्मिक अनुष्ठान राष्ट्र शान्ति ज्ञान महायज्ञ सुरु गरिएको हो ।
यज्ञको प्रतिनिाधि सभा सदस्य अच्युत मैनालीले पुरानो दाल मिल परिषरमा कलशमा दीप प्रज्वलन गरेर उद्घाट गरेका छन् ।
यज्ञको उद्घाटन समारोहमा प्रतिनिाधि सभा सदस्य मैनाली, प्रदेश सभा सदस्यद्धय त्रिलोकीप्रसाद चौधरी, मीना लामा, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, पूर्व उपमेयर लिलादेवी लामिछाने खनाल, नेकपा एमालेका निजगढ नगर सचिव तिलक घलान, नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगाल, नेकपा (एकीकृत समाजवादी) पार्टी नगर अध्यक्ष भिमप्रसाद सापकोटा, राप्रपा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, रजघट्टा एकादशी समुहकी अध्यक्ष राधा उप्रेती, फरक नेपाल डट कमका अध्यक्ष महेश्वर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागिले आश्रम निर्माणका आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनीहरुले आध्यामिक माध्यमबाट भौतिक विकास कार्य हुन लागेकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
राष्ट्र शान्ति सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका अध्यक्ष अम्बिका प्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख बाचक आर्चाय राघव उपाध्याय, उपमेयर सोममाया थिङ, पूर्व गाविस अध्यक्ष एकबहादुर श्रेष्ठ, पूर्व वडा अध्यक्ष कुशबहादुर थापा, कार्यपालिका सदस्य सर्मिला विक, महिला नेतृ अन्जु नेपाली, गौरीशंकर क्याम्पस सञ्चालक समिति सदस्य रामप्रसाद शर्मा दाहाल, भूमी आयोगका विज्ञ सदस्य केदारप्रसाद गौतम, सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतम, होटल तथा पर्यटन व्यवसायि संघ निजगढ इकाई अध्यक्ष रामकृष्ण घिमिरे लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन राजन बरालले सञ्चालन गरेका थिए ।
यज्ञ उद्घाटन अघि कलश यात्रा निकालिएको थियो ।
वि.सं.२०८० मंसिर २७ बुधवार २०:०६