skip this yams_Max_Hospital.jpeg

बागदेव दुग्ध उत्पादक सहकारीमा उपाध्यक्ष पदको लागि मतदान ! आधा भन्दा कम खस्यो मत

1.15K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको उपाध्यक्ष पदको लागि भएको मतदानमा आधा भन्दा कम मत खसेको छ ।

उपाध्यक्ष बाहेक पदमा सर्वसम्मत निर्वाचित भएपनि तीन जनाको उम्मेदवारी रहेको कारण शुक्रबार मतदान गरिएको हो ।

उपाध्यक्षमा उदयराज पाण्डे, टुकबहादुर तिमल्सिना र गोविन्द घिमिरेको उम्मेदवारी दर्ता भएको थियो । घिमिरेले उम्मेदवारी फिर्ताको स्वघोषणा गरेपछि मुख्यप्रतिस्पर्धा पाण्डे र तिमल्सिनाबीच भएको थियो ।

दुई हजार दुई सय ७० मतदाता रहेको संस्थामा नौं सय ३९ मत खसेको छ । खसेको मतको साँझ साढेँ पाँच बजेबाट गणना थालिएको छ ।

अन्तिम मतपरिणाम एक घण्टाभित्रै सार्वजनिक हुने जनाईएको छ ।

nijgadh-supermart-adz1200-630