रेडक्रस निजगढ : एक मतले जिते सभापतिमा रुद्र धितालले, यस्तो बन्यो टिम
वि.सं.२०८० पुस २८ शनिवार १८:१४

बारा–नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाले नयाँ नेतृत्व पाएको छ ।
आगामी नेतृत्वको लागि रुद्र धिताल सभापति निर्वाचित भएका हुन् । निकटम प्रतिस्पर्धी गंगा शिवाकोटी भन्दा एक मत बढी ल्याएर निर्वाचित भएका हुन् ।
सभापतिका लागि तीन जना प्रतिस्पर्धामा थिए । धितालले ५८, शिवाकोटीले ५७ र अर्का उम्मेदवार अमृतराज उप्रेतीले ३२ मत ल्याएका छन् ।
त्यसैगरि उपसभापतिमा प्रमिला नेपाल निर्वाचित भएकी छिन् । उनले ६४ मत ल्याएकी छिन् । अरु तीन जना उम्मेदवारले उनको भन्दा आधा कम मत ल्याएका छन् । प्रत्यासी लक्ष्मी चौलागाईले ३४ मत, धनमाया लामा ३३ मत, बविताकुमारी सापकोटाले ९ मत ल्याएकी छिन् ।
त्यसैगरि ४ जना सदस्यमा विष्णुकुमार खड्का, टेकबहादुर भण्डारी, गणेश भण्डारी र छेवाङ नुर्वा लामा विजयी भएका छन् ।
खड्का लोकप्रिय मत सहित विजयी भएका छन् । उनले एक सय एक मत ल्याएका छन् । त्यसैगरि सदस्यमा टेकबहादुर भण्डारीले ७२ मत, गणेश भण्डारीले ६९ मत, लामाले ६२ मत ल्याएका छन् ।
संस्थामा २१२ मतदातामा रहेकोमा १४७ मत खसेको थियो भने ५ वटा मत बदर भएको थियो ।

सभापति पदमा ३ जना, महिला उपसभापति पदमा ४ जना र खुला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको थियो । अनिवार्य महिला सदस्य पदमा भने उम्मेदवारी परेन । जसमा नयाँ कार्यसमितिको परामर्शमा सभापतिले मनोनित गर्न सक्ने व्यवस्था रहेको छ ।
यसअघि समितिको सचिव, कोषाध्यक्ष, सहसचिव र उपकोषाध्यक्ष पदमा सर्वसम्मत भएको थियो । जसमा मोहन डिसी सचिव पदमा सर्वसम्मत निर्वाचित भएका थिए ।
त्यसैगरि कोषाध्यक्ष पदमा शुभद्राकुमारी पौडेल नेपाल निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यसैगरि सहसचिव पदमा वासुदेव तिमल्सिना र उप कोषाध्यक्षमा गणेशबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका थिए ।

यसैविच नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई शनिबार पद तथा गोपनियताको सपथ र प्रमाण पत्र वितरण गरिएको छ ।
निर्वाचन अधिकृत सन्तोष नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा रेडक्रस बाराका मन्त्री धिरेन्द्र यादव, कोषाध्यक्ष उदयकुमार नेपाल, हरिनारायण केवट लगायत सहभागि थिए ।
कार्यक्रममा नेपाल रेडक्रस निजगढ उपशाखाका निवर्तमान सभापति नारायण शर्मा, महामन्त्री कृष्णप्रसाद खरेल लगायतले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
रेडक्रस निजगढका धिताल पाँचौं सभापति हुन् । यसअघि रमेश खनाल, मानबहादुर न्यौपाने, कृष्णप्रसाद खरेल, नारायण शर्माले नेतृत्व गरेका थिए ।
वि.सं.२०८० पुस २८ शनिवार १८:१४

















