बारा ४ मा अर्काे ट्वीस्ट ! लाेसपा छाडेर मियाँ एमाले प्रवेश, चाैधरी ब्याक ?
कसले पाउँछ टिकट, मियाँ कि चाैधरी ?
वि.सं.२०७९ असोज २२ शनिवार ०६:५७

बारा-सत्ता गठबन्धनमा लाेसपा सहभागी भएसंगै त्यसकाे प्रभाव बारा क्षेत्र नम्बर ४ मा देखिएको छ ।
सत्तारुढ दलहरुले साे क्षेत्रकाे प्रतिनिधि सभा एकीकृत समाजवादी र प्रदेश क माओवादी, प्रदेश ख कांग्रेसले भागबन्डा गरेका छन् ।
२०७४ मा साे क्षेत्र लाेसपाले जितेकाे थियाे । लोसपा नेता एकवाल मियाँले जितेका हुन् । उनी एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १३ दिन मन्त्री समेत बनेका थिए ।
एमाले र लाेसपाबीच चुनावी तालमेलमा कुरा नमिलेपछि लाेसपा सत्ता गठबन्धनमा सहभागी भएकाे छ । तर, नेता मियाँ भने नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनलाइ अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । सत्ता गठबन्धनबाट टिकट नपाउने देखेपछि उनी एमाले प्रवेश गरेका हुन् ।

एमालले साे क्षेत्रबाट देवनारायण चाैधरीकाे एकल नाम सर्वसम्मत सिफारिस गरेकाे छ । तर एकीकृत समाजवादीले पुर्वमन्त्री किसान श्रेष्ठलाई अघि सार्ने भएपछि एमाले बृत्तमा चाैधरी कमजोर उम्मेदवार हुने विश्लेषण हुन थालेकाे थियाे ।
किसानलाई टक्कर दिने उम्मेदवार खाेजीमा लागेकाे एमालेबाट नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालकाे चर्चा सुरु भएपनि ओलीले उनलाइ काठमाडौं ७ बाट टिकट दिएकाे छ ।
अब एमालले चाैधरीलाई पछि सारेर मियाँलाई अघि सार्ने स्राेतकाे दाबी छ ।
वि.सं.२०७९ असोज २२ शनिवार ०६:५७

















