skip this yams_Max_Hospital.jpeg

‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक 

1.28K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : फिल्म ‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक लागेको छ । चलचित्र सेन्सर बोडले फिल्म हेर्दै प्रदर्शनको बिषयमा गृहले हेरेपछि मात्र निर्णय गर्ने बताएका हो ।

शुक्रबारबारबाट डिसहोम च्यानलबाट डिजिटल रिलिज गर्ने उद्देश्यका साथ बिहिबार सेन्सर पुगेको फिल्म सेन्सरले गृहले नहेरी रिलिजको बिषयमा अनुमति नदिने भन्दै रोक लगाइएको निर्माता किसान पोखरेलले बताए ।

‘फिल्मको कथावस्तु निकै गम्भिर खालको छ । फिल्म पहिले गृह मन्त्रालयलाई देखाएर ल्याउनुहोस् । अनि मात्रै हामी सेन्सर गर्छाै । नत्र सेन्सर गर्न सकिदैन भन्ने कुरा सेन्सर बोर्डले गरेको छ’ निर्माता पोखरेलले भने ‘यो फिल्म प्रदर्शनमा रोक नै लगाइएको हो ।’ ‘सेन्सरलाई फिल्म आफैले हेरेर काँटछाँट गरेर प्रदर्शन अनुमति दिने अधिकार छ । किन गृह पठाउनुपर्यो’ पोखरेलले थपे ।

उद्धव अविदितको निर्देशन रहेको फिल्मले द्धन्दका विषय उठान गरेको छ । सोही बिषय गृहले निर्णय गर्ने भन्दै प्रदर्शनमा रोक लगाइएको हो । सेन्सर हुन नसकेपछि फिल्म आज शुक्रबारबाट डिस होममा रिलिज हुने भनिएपनि रिलिज हुन सकेन ।

निर्माता गुणराज राजभण्डारी आफ्नो फिल्म सेन्सरका लागि गृह पठाउनु दुःखको बिषय भएको बताए । सेन्सरलाई यो विषयमा निर्णय गर्ने अधिकार हुनपर्ने बताएका उनले सेन्सर बोडको कारण लगानी धरासही हुन सक्ने अनुमान लगाए ।

‘कपोकल्पित र पुराना ढर्राका कथालाई हेरेर भत्ता पचाउँदै गरेका सेन्सर विज्ञहरुले आफ्नो फिल्म बुझ्न सकेनन्’ राजभण्डारीले थपे ‘ फिल्मले जनताको आवाज बोल्ने भएका कारण प्रदर्शनमा रोकिएको निर्माण हो ।’

चन्द्र सूर्य फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विराज भट्ट, जेनिसा केसी, शैलेस बखती, गणेश उप्रेती, सुरवीर पण्डित, मुकुन्द थापा, रश्मी भट्ट, विनोद श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।   फिल्ममा शम्भुजित बास्कोटाको संगीत, महेन्द्र थापाको छायाँकन, तारा थापा किम्भेको सम्पादन छ ।

कविराज गहराजको नृत्य निर्देशन रहेको फिल्मलाई गुणराज राजभण्डारी, सन्तोष केसी, रामहरि श्रेष्ठले मिलेर बनाएका हुन् ।

nijgadh-supermart-adz1200-630