skip this hetauda tech

‘चरी’ लिएर आए गायक दिनेश गौतम (भिडियोसहित)

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : गायक दिनेश गौतमको स्वरमा रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा प्रकाश सापकोटाको शब्द र पुस्तक प्रसादको संगीत छ । गीतमा उदयराज पौडेलको एरेञ्ज छ ।
गीतमा मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा गायक गौतम नै फिचर्ड छन् ।
‘द भ्वाइस अफ नेपाल’ को स्टूडियोमा खिचिएको भिडियो गोल्डेन हार्ट पिक्चरले निर्माण गरेको हो । भिडियोमा अर्जुन तिवारीको छायांकन, सोहन मानन्धरको सम्पादन छ ।

भिडियो

यो पनि पढ्नुस्

https://faraknepal.com/1589

nijgadh-supermart-adz1200-630