भोटेकोशी बाढी : विष्ट र परियारका छोरा अध्ययनरत होली एन्जल्सले निःशुल्क पढाउने
क्रिसका सहपाठीले घरमै पुगेर गरे २१ हजार सहयोग
वि.सं.२०८३ असोज ६ मंगलवार ०८:१७
294
shares

बारा-बाराको निजगढ–९ स्थित होली एन्जल्स बोडिङ स्कुलले भोटेकोशी बाढीमा बेपत्ता भएका निजगढका राम विष्ट र दिनेश परियारका छोरालाई कक्षा १० सम्म निःशुल्क पढाउने भएको छ ।

स्कुल सञ्चालक नारायण शर्माले बाढीमा बुवा गुमाएका क्रिस र रोमनलाई निःशुल्क पढाउने घोषणा गरेका हुन् । क्रिस कक्षा ६ र रोमन यूकेजीमा सोही विद्यालयमा अध्ययनरत छन् ।

यसैविच क्रिसका सहपाठीले घरमै पुगेर गरे २१ हजार सहयोग गरेका छन् । क्रिस बुवाको काजकिरियामा बसेका छन् ।

वि.सं.२०८३ असोज ६ मंगलवार ०८:१७

















