skip this farak Kura Pravakar

‘पिउन सुरु गरेपछि’ ल्याउदै शिव परियार

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : गायक शिव परियारले आफ्नो लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलता पछि नयाँ गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत ल्याउने भएका छन् ।
    इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडै नै बजारमा ल्याउने गीतको हालैमात्र छायांकन पुरा गरिएको छ । कोरियोग्राफर कविराज गहतराज र छायाकार हरि हुमागाईको टिमले सोमबार दरबारमार्गस्थित क्लब प्लाटिनममा गीतको छायांकन पुरा गरेको हो ।
    यस गीतमा अभिनेता पुष्प खड्का, अञ्जली लुँइटेल र आलिया अधिकारी फिचर्ड छन् ।
  मिडिया हबबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गीतले यसपटकको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निर्माण पक्षको दाबी छ ।

nijgadh-supermart-adz1200-630