यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०७८ असोज १९ मंगलवार २०:५०

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका,२०७८ स्वीकृतसहित ६ निर्णय गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
लबैठकले बिद्युतिय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषता (सेक्युरिटिज् फिचर्स)लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । यसैगरी बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ ।
नेपाल प्रशासन सेवा तर्फ राजपत्राङ्कित बिशिष्ठ श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने र बैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्य पदमा सहन्यायधिवक्ता डा गोपिचन्द्र भट्टलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।
त्यस्तै बैठकले ऋण असुलीकरणको कानून सदस्य पदमा उपसचिव विष्णु रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले असोज २४ गतेदेखि सुरु हुने असंलग्न आन्दोलनसम्बन्धी बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको गठन गरेको उनले बताए ।

वि.सं.२०७८ असोज १९ मंगलवार २०:५०