skip this

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट, ६ जनाको मृत्यु

708 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अक्सिजन प्लान्टमा विस्फोट हुँदा बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा ६ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो । यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ ।अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् ।

nijgadh-supermart-adz1200-630