skip this

सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक,नागरिक उन्मुक्तिले विश्वासको मत दिने

624 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शाहले सोही विषयमा छलफल गर्न दलको बैठक बोलाएका हुन् ।

कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्काले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको जानकारी दिएका छन् । उनले बैठकले मुख्यमन्त्री शाहले आइतबार लिने गरी तय भएको विश्वासको मतका सम्बन्धमा निर्णय हुने बताएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई समर्थन गर्ने भएको छ। विश्वासको मतका लागि बहुमत खोजिरहेका शाहलाई उन्मुक्तिले समर्थन गर्ने निर्णय गरेको हो।७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउँदै आएको भए पनि आज ९आइतबार० भने विश्वासको मत दिने निर्णय गरेको छ।

nijgadh-supermart-adz1200-630