skip this hetauda tech

सार्वजनिक माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा पुनः स्याङतान चयन

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– पूर्व विद्यार्थी मञ्च सार्वजनिक माध्यमिक विद्यालय निजगढ–५ बागदेव बाराको अध्यक्षमा बुद्धिमान स्याङतान चयन भएका छन् ।

विद्यालयको सभाहलमा भएको मञ्चको तेस्रो साधारणसभाले स्याङतानलाई पुनः अध्यक्ष चयन गरेको हो । साधारण सभाले १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अजयकुमार उप्रेती, पद्मराज तिमल्सिना र अन्जु नेपालीलाई चयन गरेको छ ।

त्यसैगरी सचिवमा भवानी गौतम, कोषाध्यक्षमा रविन सुवेदी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जयप्रसाद ढुङगाना, सागर गौतम, युगप्रसाद गौतम, लोकबहादुर खुलाल, रमेश रसिक र सर्मिला रिसाल चयन भएका छन् ।

साधारण सभा उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै वडा अध्यक्ष सुर्य थापा (बीच), विसन सापकोटा, समिति अध्यक्ष दुर्गाप्रसाद गौतम (बायाँ) ।

यसअघि साधारण सभाको उद्घाटन समारोहका प्रमुख आतिथि निजगढ वडा नं. ५ का वडा अध्यक्ष सुर्य थापा मगर, विशिष्ठ अतिथि वडा नं. ४ का वडा अध्यक्ष बिसन सापकोटा, वडा सदस्य सागर गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, विद्यालयका पूर्व विद्यार्थी एवं राजनीतिकर्मी थानेश्वर सापकोटा अविरल, खड्गप्रसाद उप्रेती, अन्जु नेपाली, पत्रकार गुरुप्रसाद गौतमलगायतले मन्तव्य राखेका थिए ।

उद्घाटन समारोहमा भोला ढुंगाना, भोला चौलागाई, लोकबहादुर खुला, पूर्व राजेश गौतम, गोमा सापकोटा, मनोज सापकोटा, उद्धब चौलागाई, पत्रकार महेश्वर अधिकारी लगायत सहभागि थिए ।
मञ्चका अध्यक्ष बुद्धिमान सिंङतानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अजयकुमार उप्रेती र सञ्चालन भवानीप्रसाद भवानी गौतमले गरेका थिए ।

२०७३ सालमा स्थापना भएको मञ्चले एक–एक लाख राशीको तीन छात्रबृति र ६ लाखको एक बृहत छात्रबृति स्थापना गरेको छ । मञ्चले हरेका बर्ष विभिन्न पुरस्कार र छात्रबृती गरी झण्डै ६० विद्यार्थीलाई सम्मान र प्रोत्साहित गर्दै आएको छ ।

मञ्चले बिजयादशमीको अवसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

 

nijgadh-supermart-adz1200-630