सञ्जीवराज जोशीको गजल
वि.सं.२०७८ फागुन २८ शनिवार ०९:४९
1.3K
shares

मनमा जोस जागर लिएर खाडीमा धन कमाउन आए
घरको न्यून आर्थिक परिस्थितिको हल गराउन आए ।
भएको खेतबारी साहुको नाममा बन्धकी भएपछि
आमा म जग्गाको लालपुर्जाहरु फिर्ता ल्याउन आए
चोखो माया गर्दागर्दै पनि ! निष्ठुरीले धोका दिएर गइन्
केही समयका लागि भए पनि यादहरु भुलाउन आए
अन्तिममा जानेबेला चिनोमा दिएको समान फिर्ता गर्यौ
महोदय आफ्नो जीन्दगी अब जिन्दगी जस्तो बनाउन आए,
सडक अनि गल्लीमा गरिब अपाङ्गहरु उस्तै देख्ने गर्छु
मानवताको हैसियतले केही राहत होस् भनि सघाउन आए ।
-गुलरिया, कञ्चनपुर
वि.सं.२०७८ फागुन २८ शनिवार ०९:४९

















