skip this farak Kura Pravakar

फास्ट ट्रयाक, एयरपोर्ट निर्माण व्यवस्थापन तथा सरोकार समितिले भेट्यो पर्यटन मन्त्री तामाङ

समितिले मन्त्री तामाङलाई दियो तीन सुझाव

3.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–फास्ट ट्रयाक, एयरपोर्ट निर्माण व्यवस्थापन तथा सरोकार समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडी बढाउन आग्रह गरेको छ ।

समितिका संयोजक रविराज दंगालको नेतृत्व गरेको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै विमानस्थल निर्माण क्षेत्रका बासिन्दाको व्यवस्थापन गरेर निर्माण कार्यलाई अघि बढाउन आग्रह गरेका हुन् ।

ज्ञापन पत्रमा टांगियाबस्तीको १४७६ घरधुरी भन्दा बढी जनताको स्थायी बसोबासको व्यवस्थापनको लागि तत्काल नेपाल सरकारको मन्त्री परिषदबाट निर्णय गर्नुपर्ने र क्षमता अनुसार रोजगारीको सुनिश्चितता गर्न आग्रह गरिएको छ ।

त्यसैगरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धि सुझाव पेश गर्न गठित आयोगले पेश गरेको प्रतिवेदन अनुसार त्यस क्षेत्रको निजगढ विमानस्थलको आयोजना प्रमुख हालपनि निमित्तको रुपमा अधिकृत मातहत रहेकाले यो आयोजनाको लागि उच्च स्तरको प्रशासकलाई नेतृत्व प्रदान गर्न आग्रह गरिएको छ ।

त्यसैगरि स्थानिय स्तरमा बस्ती व्यवस्थापन र समस्याहरुको समाधानको लागि प्रदेश, स्थानीय पालिका र त्यहाँ कृयाशिल समन्वय समिति सम्मिलित सहजीकरण समिती मन्त्रालय मातहत गठन गर्न सुझाव दिईएको छ ।

टोलीमा ऋषि बडाल, राजन चौलागाई, रामकृष्ण घिमिरे खडक बहादुर लामा, राजकुमार लामा, निरंजन मैनाली, प्रकाश चौधरी, विकाश चौलागाई लगायत सहभागि थिए ।

 

nijgadh-supermart-adz1200-630