skip this

१०८ वटा मोटरसाइकल ¥याली निकाली मन्दिरको बार्षिकोत्सवको उद्घाटन

श्री कृष्ण प्रणामी मन्दिरको ३१ औं वार्षिकोत्सवको अवसरमा आजबाट सुरु ५ दिनसम्म मनाइने

1.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा निजगढः निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री कृष्ण प्रणामी मन्दिरको ३१ औं वार्षिकोत्सवको अवसरमा आज सोमबारबाट सुरु भएको छ । १०८ वटा मोटरसाइकल ¥याली निकाली मन्दिरको बार्षिकोत्सवको अवसरमा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा मोटरसाईकल ¥याली सुरु गरिएको थियो । श्रीमद् तारतम सागर पाठ– परायण सहित आजको दिनदेखि पाँच दिने कार्यक्रमको आयोजना गरिने भएको छ । मन्दिर समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले दिएको जानकारी अनुसार सो अवसरमा कृपासिन्धु मेहेर सागर आश्रम शुक्लैयाका प्रमुख संचालक साहित्याचार्य श्रीजनार्दन घिमिरे तथा श्री कृष्ण प्रणामी समाजकी प्रखर वक्ता विद्धुषी उषा घिमिरेले संगीतमय श्रीकृष्ण कथा प्रवचन गरिने छ ।

मन्दिरको बार्षिकोत्सवको अवसरमा साेमबार बिहान ७.३० बजे मोटरसाइकल ¥याली निकालीएको थियो भने चैत्र १ गते कलश यात्रा, चैत्र २ गते रक्तदान कार्यक्रमको पनि आयोजना गरिने भएको छ । त्यसैगरी चैत्र ३ गते दन्त शिविर कार्यक्रम आयोजना गर्ने तयारी गरिएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । सोही अवसरमा हरेक दिन बिहान पुष्प अर्पण, दिउसो ब्रह्मवाणी प्रवचन र साँझ सन्ध्याकालिन सेवा पूजा र राति ८ बजेदेखि १० बजेसम्म रासरामत झाँकी एंव भजनकिर्तन गरिने तिमल्सिनाले जानकारी दिनुभयो ।

nijgadh-supermart-adz1200-630