महोत्तरीको बर्दिबासमा आगलागी, क्षति विवरण आउन बाँकी
वि.सं.२०७९ साउन १६ सोमवार १५:०६
1.84K
shares

काठमाडौं । महोत्तरीको बर्दिबासमा आगलागी भएको छ । बारुणयन्त्र र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागीको कारण पत्ता लागेको छैन ।सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन । आगलागीग्रस्त क्षेत्रमा एसबीआई बैंक पनि सँगै रहेको छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति नभएको सुरक्षाकर्मीहरूले जानकारी दिए ।
वि.सं.२०७९ साउन १६ सोमवार १५:०६
















