skip this farak Kura Pravakar

जनपुरधाममा आज र भोलि माछा मासु र मदिरा बेच्न तथा सेवन गर्न नपाइने

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा दुई दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ ।

मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत बिहीबार परिक्रमा यात्रीको टोली जनकपुरधाम पुग्ने भएपछि स्थानीय प्रशासनले माछा मासु तथा मदिरा बिक्रीवितरण र सेवन गर्न रोक लगाएकोछ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार एक विज्ञप्ति जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रमा माँस /मदिरा बिक्री वितरण तथा सेवन निषेधित गरिएका हुन् ।
बिहीबार परिक्रमा यात्री जनकपुरधाम फर्कने र शुक्रबार अन्तर गृह परिक्रमा गरिने छ ।

होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारी साधानबाट रकम असुल्ने जस्ता कार्य नगर्न पनि धनुषा प्रशासनले सचेत हुन आग्रह गरेका छन् ।

लागुऔषध, मदिरा तथा अन्य उत्तेजक पदार्थ सेवन गरी सवारी साधान नचलाउन, हुलहुज्जत नगर्न र चर्को स्वरमा बाजा नबजाउन तथा डिजे सञ्चालन नगर्न समेत आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

जिल्ला प्रशासन धनुषाले जारी गरेको सूचनाको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने विज्ञप्तिमा उल्लेख गरिएका हुन्।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ। यो यात्रा भारत नेपाल गरेर १ सय ३३ किलोमिटरको रहेको बताइन्छ।

मिथिला माध्यमिकी परिक्रमामा प्रारम्भको पहिलो दिन हनुमानगढी,दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन फूलहर स्थित गिरिजा स्थान, चौथो दिन महोत्तरीको मटिहानी,पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड , आठौँ दिन कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यता अनुसार त्यहाँ यात्रीहरुले होली महोत्सव मनाउने गरेका छन्।

नवौँ दिन पर्वता, १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखर, १२ औँ दिन औरही १३ औ दिन भारतको करुणा र १४ औँ दिन विसौल र अन्तिम १५ औँ दिन जनकपुरधाममा रात्रिबासको परम्परा छ। बिसौलमा पुगेर विधिवत् रुपमा मध्यमा परिक्रमा समापन हुनेछ।

तत्पश्चात परिक्रमा जनकपुरधाम पुगेर जनकपुरधामको पाँचकोशे अन्तरगृह परिक्रमा गर्ने परम्परा रहिआएको छ । हजारौंको संख्यामा यात्रीहरुले यस परिक्रमामा सहभागिता जनाउने गरेका छन्।

nijgadh-supermart-adz1200-630